शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

त्रिदेशीय शृङ्खला : विशाल योगफल पछ्याउँदै नेदरल्याण्डद्वारा नेपाल पराजित


  • मंगलबार, बैशाख ७ २०७८
13.9K
SHARES

फाईल तस्बिर

त्रिदेशीय शृङ्खलामा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो ।

सन्दीप लामिछानेले गरेको १८ औँ ओभर नेदरल्याण्डका लागि टर्निङ प्वाइन्ट बन्यो । सन्दीपको एकै ओभरमा पिटर सिलरले तीन छक्का हिर्काएका थिए ।

नेदरल्याण्डका लागि बास डी लिड नायक बने उनले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै ८१ रन बनाए । बेन कुपरले ५५ तथा सिलरले ३१ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४६ बलमा ८ चौका र १ छक्का हिर्काए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३० बलमा ६० रनको योगदान दिए । उनले यसक्रममा ३ चौका र ५ छक्का हिर्काए । सोमपाल कामी र कप्तान ज्ञानेन्द्र मल्लले क्रमशः २१ र २० रन बनाए ।

नेदरल्याण्डका लागि भिभियन किङ्मा र पिटर सिलारले २–२ विकेट लिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा