शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा


  • बिहिबार, बैशाख २ २०७८
8.1K
SHARES

फाईल तस्बिर

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्सन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ४–२ ले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो ।

क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी २–१ ले विजयी भयो ।घरेलु मैदानमा भएको पहिलो लेगमा उसले डर्टमुण्डलाई २–१ ले नै पराजित गरेको थियो ।

बुधबार रातिको खेलमा १५औँ मिनेटमा बेलिन्घमको गोलबाट डर्टमुण्डले अग्रता लियो ।तर, ५५औँ मिनेटमा पाएको पेनाल्टीमा रियाद महरेजले सिटीका लागि बराबरी गोल गरे ।

७५औँ मिनेटमा जेम्स फोडिनले गोल गरेपछि सिटी २–१ ले विजयी भयो ।अब सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग प्रतिस्पर्धा गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा