शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन


  • मंगलबार, चैत्र ३१ २०७७
12.8K
SHARES

फाईल तस्बिर

सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ ।

१४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । रनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

जितका लागि राजस्थानलाई अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा सामसनले ठूलो सट प्रहार गर्दा क्याचआउट भए । त्यसअघिको बलमा उनले क्रिस मोरिस कुदिसकेको अवस्थामा समेत सिंगल रन लिएका थिएनन् ।

मुम्बईस्थित वाङखडे स्टेडियममा पञ्जाबले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो । सन्जु सामसनले ६३ बल खेल्दै १२ चौका र ७ छक्का मद्दतमा ११९ रन बनाए । जोस बटलर र रियान परागले समान २५ र शिभव दुवेले २३ रन जोडे ।

पञ्जाबका लागि अर्शदीप सिंहले ३ र मोहम्द शामीले २ विकेट लिए । यस्तै पहिलो पटक आईपीएल खेलिरहेका झ्ये रिचर्डसन र रिले मेरेडिथले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान लोकेश राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

विकेटकिपर समेत रहेका राहुलले ५० बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९१ रन बनाए । यस्तै हुडाले २८ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ६४ रन जोडे । यी दुईले तेस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए ।

यस्तै क्रिस गेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन बनाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा