शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

मेसीलाई पछि पारे एमबाप्पेले


  • बिहिबार, फाल्गुन २७ २०७७
7.8K
SHARES

तस्विरः फाइल

फ्रेञ्च स्ट्राइकर केलियन एमबाप्पे युरोपियन च्याम्पियन्स लिगमा २५ गोल पूरा गर्ने कान्छा खेलाडी बनेका छन्।

बुधबार राति फ्रेञ्च क्लब पिएसजीले बार्सिलोनासँग १-१ गोलको बराबरी खेलेको खेलमा एमबाप्पेले गोल गरेका थिए।

३१ मिनेटमा पिएसजीका लागि गोल गरेसँगै २२ वर्षीय एमबाप्पेले बार्सिलोनाका फरवार्ड लिओनल मेसीको कीर्तिमान भंग गर्न सफल भए।

बुधबार २५ गोल पूरा गर्दा एमबाप्पे २२ वर्ष ८० दिनका थिए। यसअघि मेसीले २२ वर्ष २८५ दिनमा २५ गोल पूरा गरेका थिए।

बार्सिलोनाविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा एक गोल गरेका एमबाप्पेले पहिलो लेगमा ह्याट्रिक गरेका थिए।

समग्रमा एमबाप्पेले चार गोल गरेसँगै बार्सिलोनामाथि ५-२ जितसहित पिएसजी अन्तिम आठमा पुग्यो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा