इजरायलमा कोरोना भाइरसविरुद्धको फाइजरको खोप लगाएका व्यक्तिमा गरिएको अनुसन्धानले ९४ प्रतिशत व्यक्तिमा खोप संक्रमण रोक्न प्रभावकारी रहेको देखिएको छ।
खोप लगाएका व्यक्ति मध्ये ९४ प्रतिशतमा संक्रमण रोक्न सफल भएको देखिएको पछिल्लो तथ्यांकले देखाएको छ। परीक्षण चरणमा जस्तै आम खोप अभियानको क्रममा पनि फाइजरको खोपको प्रभावकारिता उस्तै देखिएको हो।
खोपले संक्रमण रोक्न तथा गम्भीर अवस्थामा पुग्नबाट सबै उमेर समूहका व्यक्तिलाई जोगाएको देखिएको पब्लिक हेल्थ डक्टर प्राध्यापक हागाइ लेविनले बताएका छन्।
उनले भनेका छन्, ‘खोपले सबै उमेर समूहका व्यक्तिमा प्रभावकारी काम गरेको देखिएको छ।’ इजरायलको ठूलो स्वास्थ्य कोष क्लालितले खोप लगाएका ६ लाख तथा नलगाएका ६ लाख जनामा संक्रमणको दर अनुगमन गरेको हो। यसक्रममा सबै उमेर समूह र स्वास्थ्य अवस्था भएका व्यक्तिको अवस्था विश्लेषण गरिएको हो।
तथ्यांकको विश्लेषणबाट खोप लगाएका व्यक्तिमा संक्रमणदर ९४ प्रतिशत कम देखिएको हो। लक्षण देखिएका व्यक्ति वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको तथ्यांकबाट यस्तो देखिएको हो।
लक्षण बिहीन व्यक्तिमा भने यो लागु हुँदैन वा अहिले अध्ययन भएको छैन।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।