काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन्
खेल अपराह्न २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पुलिस ११ अंकसहित चौथो स्थानमा छ ।
६ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि पुलिसलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।