शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रोनाल्डोलाई पछि पार्दै मेस्सी ‘प्लेयर अफ् द डिकेड’


  • सोमबार, माघ २६ २०७७
11.5K
SHARES

फाईल तस्बिर

स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सी दशककै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उमेरले ३४ वर्ष नजिक रहेका मेस्सीलाई आज ‘इन्टरनेसनल फेडेरेसन अफ् फुटबल हिस्टोरी एन्ड स्टाटिस्टिक्स (आईएफएफएचएस) ले पुरुषतर्फ पछिल्लो दशकका लागि सर्वश्रेष्ठ खेलाडी घोषणा गरेको हो । सो संस्थाले मेस्सीलाई ‘द बेस्ट मेन्स प्लेयर अफ् द डिकेड’ घोषणा गर्दै टप–१० सूची समेत घोषणा छ ।

दशककै सर्वोत्कृष्ट खेलाडी घोषणाका लागि संस्थाका प्राविधिक अधिकारी र विश्वभरबाट १५० भन्दा बढी प्रतिनिधिले आफ्नो भोट दिएएका थिए । जसमा मेस्सी पहिलो स्थानमा रहे । मेस्सीले आफ्ना खास प्रतिस्पर्धी इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सर्वोत्कष्ट खेलाडी घोषित भए । संस्थाले महादेश स्तर र विश्वभरबाट उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा