शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यसकारण बार्सिलोनाले रोनाल्डो अनुबन्ध गरेन


  • शुक्रबार, माघ २ २०७७
13.1K
SHARES

तस्विरः फाइल

ब्राजिलियन खेलाडी रोनाल्डिन्हो लियोनल मेस्सीका लागि महान शिक्षक हुन । युवा अस्थामा अर्जेन्टिनी स्टार मेस्सीले विश्वकप विजेता रोनाल्डिन्होबाट धेरै सिक्ने मौका पाए ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सन् २००३ मा बार्सिलोनामा अनुबन्ध भएका रोनाल्डिन्होले हाल बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीलाई केही हदसम्म फुटबलमा डोर्होयाएको बताइन्छ ।

तर, त्यो मौका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पाउने सम्भावना थियो । किनकि, तत्कालीन बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले सो समय रोनाल्डोलाई अनुबन्ध गर्ने मनसाय बनाएका थिए । तर, रोनाल्डो बार्सिलोनामा अनुबन्धन हुन सकेनन् ।

‘कुरा २००३ तिरको हो, हामीले रोनाल्डिन्हो र रफा मार्कुएजलाई अनुबन्ध गर्ने मनसाय बनाएका थियौं,’ लापोर्टाले ट्विटरमा भनेका छन्, ‘मार्कुएजका मानिसहरूले हामीलाई क्रिस्टियानो रोनाल्डो अनुबन्ध गर्न प्रस्ताव गरेका थिए । त्यतिबेला उनी स्पोर्टिङ क्लबमा थिए ।’

‘मार्कुएजका एजेन्टमध्येका एकजनाले रोनाल्डो म्यानचेस्टर युनाइटेडमा १७ मिलियन युरोमा अनुबन्ध भएको सुनाए । तर, युनाइटेडले उनलाई १७ मिलियन युरोमै बेच्ने बताएको थियो । तर, हामीले रोनाल्डिन्होका लागि ठूलो राशी खर्च गरिसकेका कारण रोनाल्डोलाई भित्र्याउन सकिएन,’ उनले थपे ।

यसैगरी उनले त्यतिबेला रोनाल्डो अनुबन्ध गरेको भए वर्तमान फुटबल नै फरक हुने बताए । ‘रोनाल्डिन्होमा लगानी गरिसकेको भएर हामीले रोनाल्डोलाई अस्वीकार गरेका थियौं । म यो कुरा लुकाउन चाहन्नँ । उनलाई भित्र्याएको भए वर्तमान फुटबल नै फरक हुनेथियो’, उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा