बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा


  • बिहिबार, माघ १ २०७७
12.3K
SHARES

तस्विरः एजेन्सी

काठमाडौं ।

रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । थप ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई वटा प्रहार बचाउँदै टोलीलाई फाइनलमा पु¥याए । बार्सिलोनाले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र रियाल मड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

बार्सिलोना समग्रमा १४ औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने लक्ष्यमा रहेको छ । साविक विजेता रियाल माड्रिडले ११ पटक स्पेनिस सुपर कप जितेको छ ।एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा