काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बुधबार बार्सिलोना र युभेन्टस आमनेसामने हुँदैछन् । यो खेललाई लिओनल मेस्सी भर्सेस क्रिष्टियानो रोनाल्डोको खेलका रुपमा समेत हेरिएको थियो ।
किनकि रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टसतिर लागेपछि दुई स्टार फुटबलर आमने सामने भएका थिएनन् । तर बुधबार आलियान्ज स्टेडियममा हुने खेलमा दुई स्टारलाई एकसाथ मैदानमा देख्न नपाइने भएको छ ।
रोनाल्डोको कोरोना परीक्षण पुनः पोजेटिभ आएको र उनी बार्सिलोनाविरुद्ध नखेल्ने गोल डटकमले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।