१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा प्रचार प्रसार विभागको संयोजकका रुपमा भूमिका निर्वाह गरेका शिव कोइराला राखेप उपाध्यक्षमा नियुक्त भएका छन् । पहिलो पटक मन्त्री परिषदबाट नियुक्त भएका उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवालको पदावधि ४ वर्षको रहनेछ ।
सदस्य सचिव सिलवालले पदभार ग्रहणपछि मात्र औपचारिक रुपमा धारणा राख्ने बताएका छन् । विगतमा भन्दा यसपटक सिलवालको छनोट फरक प्रक्रियाले भएको थियो । यसअघि नेपाल भलिबल संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त भएका सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।