शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

इटालियन सिरी ए : उडिनेससँग युभेन्टस पराजित


  • शुक्रबार, साउन ९ २०७७
15.8K
SHARES

गएराति भएको खेलको ४२ औं मिनेटमा युभेन्टसका म्याथिस डी लिग्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा युभेन्टसले दुई गोल खायो।

घरेलु मैदानमा उडिनेसका लागि ५२ औं मिनेटमा लिजा नेस्टोरोभ्स्कीले गोल गर्दै खेल बराबरीमा पु¥याए। इज्युरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेसलाई जित दिलाए।

अप्रत्यासित हार भोगेसँगै उपाधिका लागि युभेन्टसले अर्को खेल कुर्नुपर्ने भएको छ। यो खेल जितेको भए तीन खेल अगावै युभेन्टसले उपाधि सुनिश्चित गर्ने थियो।

शीर्ष स्थानको युभेन्टसको ८० अंक छ। दोस्रो स्थानको एटलान्टाको ७४ अंक छ भने ७३ अंकसहित इन्टरमिलान तेस्रो स्थानमा रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा