१० असार, काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ ।
‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत संभार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धन गर्ने गरी तपाईंलाई जिम्मेवारी दिइएको छ ।’ राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । सदस्य–सचिव सिलवालले सदस्य शाहीलाई पत्र हस्तान्तरण गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।