शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

च्याम्पियन्स् र युरोपा लिग अनिश्चितकालका लागि स्थगित ।


  • बुधबार, चैत्र १९ २०७६
22.6K
SHARES

एजेन्सी । युरोपियन फुटबलको नियामक निकाय युईएफएले च्याम्पियनस् लिग र युरोपा लिगका सम्पूर्ण खेलहरु अर्काे सूचना जारी नभएसम्मका निम्ति स्थगित गरेको छ ।
विशवब्यापी कोरोना भाईरसको महामारीका कारण युईएफएले च्याम्पियनस् लिग र युरोपा लिग अनिश्चितकालीन स्थगनको घोषणा गरेको हो । युरोपका सबै आबद्ध ५५ राष्ट्रको आज गरिएको भिडियो कन्फरेन्स् बैठकले यो निर्णय गरेको हो ।
यसैगरी सम्पूर्ण राष्ट्रिय टिमका खेलहरु पनि तत्काललाई स्थगित गरिएको छ । युरो २०२० यसअघि नै २०२१ सम्मका निम्ति स्थगन गरिसकिएको छ । यसैगरी महिला युरो २०२१ का छनौट चरणका खेलहरु पनि रोक्किएको छ ।
प्रिमियर लिग अप्रिल ३० सम्मका लागि स्थगित अवस्थामा छ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी च्याम्पियनस् लिगमा छन् भने म्यान यु,वुल्भ्स् र स्कटलयाण्डको क्लब रेन्जर्स युरोपा लिगमा छ ।
च्यामिपयनस् लिग,युरोपा लिग र महिला च्याम्पियनस् लिगको मे महिनाका लागि तय भएको फाईनल यसअघि नै स्थगन भएको थियो ।
युरोपका अधिकांश घरेलु लिगहरु भने कोरोनाको प्रभाव फुकुवा हुन साथ सक्ने दाउँमा छन् । युईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले यसअघि नै जुनभन्दा पर लिगहरु धकेलियो भने यो सिजन रद्द हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा