
स्पेनको प्रमुख प्रशिक्षकमा लुइस इनरिक फर्किएका छन् । गत जुलाईमा आफ्नी ९ वर्षीया छोरीलाई क्यान्सर भएपछि स्पेनको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
स्पेनको चर्चित ला लिगा क्लब बार्सिलोनाको समेत प्रशिक्षक रहिसकेका इनरिकले गत मार्चदेखि नै राष्ट्रिय टिमको प्रशिक्षकको कामबाट बिदा लिएका थिए । त्यतिञ्जलसम्म अन्तरिम प्रशिक्षकबाट प्रशिक्षण चलाइरहेको थियो ।
इनरिक २०१८ देखि स्पेनको प्रमुख प्रशिक्षकको रुपमा छन् । फर्किएका इनरिकले जिम्मेवारी सम्हालेका छन् । स्पेन हाल युरोकप छनौट अन्तर्गत समूह ‘एफ’को शिर्ष स्थानमा रहँदै युरोकपमा छनौट भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।