
स्पेनिस ला लिगा अन्तर्गत भएको पहिलो खेलमा नै बार्सिलोना पराजित भएको छ ।
शुक्रबार भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको हो । बिल्बाओका लागि घरेलु मैदानमा फरवार्ड अरिट्ज अडुरिजले निर्णायक गोल गरे । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे ।

८८औँ मिनेटमा विंगबाट आएको क्रसलाई अडुरिजले उत्कृष्ट बाइसाइकल किकमा गोल गरेका थिए ।

बार्सिलोनाले १० वर्षपछि लिगको पहिलो खेलमा हार बेहोर्यो । खेल दौरान टोलीका मुख्य फरवार्ड लुइस सुआरेज चोट बोक्दै खेल छाड्न बाध्य भए । कप्तान मेस्सीको साथ गुमाइसकेको बार्सिलोनाले सिजनमा खराब सुरुवात गरेको छ । यसै खेलबाट क्लबमा डेब्यु गरेका एन्टोइन ग्रिजमन र फ्रान्की डे जोङले सुखत सुरुवात पाउन सकेनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।