शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एकै खेलमा बायर्न म्युनिखको २३ गोल


  • शुक्रबार, साउन २४ २०७६
20.7K
SHARES

जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटा सानदार प्रदर्शन गरेको छ । आज भएको मैत्रीपूर्ण खेलमा बायर्नले रोताक एगर्नलाई २३–० गोलअन्तरले पराजित गरेको हो ।

सुरुवातमै दबावमा आएको रोताक एगर्नमाथि बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे । कोरेन्टिन टोरिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस ओकेयरी वरिड्टले ह्याट्रिक गोल गरे ।

त्यस्तै, रेनाटो सान्चेसले दुई, लियोन डजाकु, सर्ज ग्नाबरी, सरप्रित सिंह र एलेक्सजेन्डर नोलेनबर्गरले समान १–१ गोल गरे । एक गोल भने बायर्न म्युनिखले उपहारस्वरूप पाएको थियो ।

गोलको वर्षा नै गर्ने क्रममा बायर्नले पहिलो हाफसम्म ११ गोल गरेको थियो । दोस्रो हाफमा थप १२ गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा