शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सन्दीपलाई ६० हजार अमेरिकी डलर !


  • आइतबार, असार ८ २०७६
23.3K
SHARES

ग्लोबल टि-20 क्यानडा क्रिकेटको दोस्रो संस्करणमा दुईजना नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन्।विश्वका थुप्रै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेलिसकेका चर्चित लेगस्पिनर सन्दीप लामिछानेसँगै अर्का नेपाली खेलाडी सोमपाल कामीले पनि उक्त प्रतियोगितामा भाग लिनेछन्। प्रतियोगिता आगामी जुलाई २५ देखि अगस्त ११ तारिखसम्म चल्नेछ।

सन्दीपले उक्त प्रतियोगिताको पहिलो संस्करणमा पनि सहभागिता जनाएका थिए। यसपटक सन्दीपले टोरन्टो नेसनल्सबाट खेल्नेछन्। टोरन्टो नेसनल्सले १८ वर्षीय सन्दीपलाई ६० हजार अमेरिकी डलर (६६ लाख ५० हजारभन्दा बढी नेपाली रुपैयाँ) मा आबद्ध गरेको हो।

सन्दीपले अघिल्लो वर्ष मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। त्यतिबेला मोन्ट्रियल टाइगर्सले सन्दीपलाई ४० हजार अमेरिकी डलरमा आबद्ध गरेको थियो। सन्दीपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, अस्ट्रेलियन बिग बास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगलगायतका फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।

यसैगरी सोमपालले विनिपेग हक्स क्लबबाट खेल्नेछन्। उक्त क्लबले सोमपाललाई तीन हजार अमेरिकी डलर (तीन लाख ३३ हजार नेपाली रुपैयाँ) मा आबद्ध गरेको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा