सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुबीच बाझाबाझ गरेको एउटा काण्ड सेलाउन नपाउँदै फेरि अर्को काण्ड दोहोरिएको छ ।
प्राईम टाईम्स टेलिभिजनमा “जनता जान्न चाहन्छन्” कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका नेता सुमनराज प्याकुरेल र नेपाली कांग्रेसका नेता महेन्द्र यादवबीच बाझाबाझपछि हात हालाहालको स्थिति सिर्जना भएको छ ।
यसअघि प्राइम टिभीबाट प्रशारण भएको धमलाको कार्यक्रममा नेकपाका सत्यनारायण मण्डल र कांग्रेसका रामकृष्ण यादवबीच कुटाकुट भएको थियो ।
संयोग कस्तो भने यस अघिको अन्तर्वार्तामा मण्डल सप्तरीका सांसद थिए भने रामकृष्ण यादव धनुषाका नेता हुन् ।
आजको कार्यक्रममा प्याकुरेल सप्तरीबाट प्रतिनिधित्व गर्छन् भने महेन्द्र यादव धनुषाबाट । मण्डल र प्याकुरेल सांसद हुन् । तर, कांग्रेसका नेताद्धय रामृष्ण र महेन्द्र यसपटकको निर्वाचनमा पराजित भएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।