
२४ वैशाख, काठमाडौं ।
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गर्दै उपाधि नजिक पुगेको छ ।
सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । योसँगै अब उपाधि भिडन्त झनै रोचक बनेको छ ।
म्यानचेस्टर सिटीको जितमा निर्णायक गोल भिसेन्ट कम्पनीले गरे । उनकै गोलको कारण सिटी उपाधि नजिक पुगेको हो ।
३७ खेलबाट ९५ अंक जोडेको म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लिदा यसअघि शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा झरेको छ । लिभरपुलको पनि समान ३७ खेलबाट ९४ अंक छ ।
लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले ब्रिग्टनसँग प्रतिस्पर्धा गर्नेछ । यता, लिभरपुलले घरेलु भने उल्भ्ससँग खेल्नेछ । अब म्यानचेस्टर सिटीले उपाधिका लागि जित्नैपर्ने हुन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।