शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ मा कान्तिपुर र मिडिया हब प्रि क्वार्टरफाइनलमा (भिडियो)


  • मंगलबार, बैशाख २४ २०७६
23.3K
SHARES

काठमाडौं ।

नेपाल विज्ञापन संघ (आन) को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ शुरु भएको छ । प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाएका छन् ।
सानेपाको फिल्ड फुटसल शुरु प्रतियोगिताको पूर्व अध्यक्ष माधवराज तिमिल्सिेना र अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ तथा चौधरि
गु्रपका महाप्रवन्धक लालवावु प्रसादले संयुक्तरुपमा गरेका थिए ।

फुटसल प्रतियोगितामा समूह ‘जी’बाट कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्सले अन्तिम १६मा स्थान सुरक्षित गरेका छन् । कान्तिपुर
अपराजित रहँदै अन्तिम १६ मा पुग्दा क्यूएफएक्सले कान्तिपुरसँग पराजित भएपनि प्रिज्मार्कसँग बराबरी र नयाँ पत्रिकालाई पराजित
गरेर प्रि क्वार्टरफाइनलमा पुगेको हो ।
कान्तिपुर मिडिया ग्रुपले नयाँ पत्रिकामाथि २–० गोलको जीत निकाल्दै प्रतियोगिताको सुखद् शुरुआत गरेको थियो । यसैगरी
कान्तिपुरले दोस्रो खेलमा प्रिज्मार्कलाई ३–२ गोलले निराश बनाउँदा क्यूएफएक्समाथि २–० कोजीत दर्ता गरेको थियो ।
समूह ‘एच’ बाट मिडिया हब र एड रिलिजले प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । मिडिया हबले मार्समाथि २–१ गोल
अन्तरले जित निकाल्दा की एड्भरटाईजिङमाथि १ का विरुद्ध १० गोल र एड रिलिजमाथि १–० को जीत निकाल्न सफल भयो ।
यसैगरी एड रिलिजले की एडभरटाईजिङलाई ६–० गोल अन्तरले पराजित गर्दा मार्समाथि ५–२ गोल अन्तरको जीत दर्ता गरेको आनका महासचिब राजुकुँइकेलले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘इ’ र ‘एफ’का समूह चरणका सबै खेल हुने छन्। समूह इ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ्रे वैँक रहेका छन्।
समूह एफ मा मिडिया वास्केट, पिक्सन इन्जिनियरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन्।

सोही फुट्सल टुर्नामेन्टमा केन्द्रिट हुदै केटिएम खबरका लागि श्याम कार्कीले नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष रविन्द्र कुमार रिजाल (शशी) संग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

यस्तै स्थलगत सम्वादमा कुराकानी गर्दै आनका महा–सचिव राजु कुइकेलः

‘दोश्रो नेपाल आईस आन फुट्सल टुर्नामेन्ट’का संयोजक एवं आनका सदस्य सन्तोष खड्कासंग गरिएको स्थलगत कुराकानीः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा