शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माफ अन्तरविद्यालय बास्केटबल टुर्नामेन्ट सम्पन्न, गोल्डेन पिकलाई उपाधी (फोटोफिचर)


  • सोमबार, माघ २७ २०७६
21.7K
SHARES

२७ माघ, काठमाडौँ ।
शंखमुलमा रहेको ज्ञान निकेतन स्कूलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तरविद्यालय जुनियर छात्र बास्केटबल टुर्नामेन्ट सम्पन्न भएको छ ।


सोमबार विजयी टिमलाई पुरस्कृत गर्दै बास्केटबल टुर्नामेन्ट सम्पन्न गरिएको हो ।


सोमबार भएको फाइनल खेलमा सिफलमा रहेको लाइसियम मोडल स्कूललाई पराजित गर्दै सरस्वतीनगर, चावहिलमा रहेको गोल्डेन पिक हाई स्कूलले उपाधि जितेको छ ।


यस्तै सोमबार नै भएको अर्को खेलमा चाबहिलमा रहेको इलिक्सर एकेडेमीलाई पराजित गर्दै लामपोखरी, चाबहिलमा रहेको जगत मन्दिर सेकेण्डरी स्कूलले तृतीय स्थान हासिल गरेको छ ।


विजयी प्रथम, द्धितीय र तृतीय हुने टिमलाई सोमबारनै ट्रफी मेडल प्रदान गरिएको थियो ।


यस्तै मोस्ट भ्यालुएबल प्लेअर गोल्डेन पिकका दिनेश विक राफल चुनिएका छन् भने उनलाई ट्रफीद्धारा पुरस्कृत गरिएको थियो ।


माफका अध्यक्ष राजन आचार्यको प्रमुख आतिथ्यतामा गरिएको उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रममा ज्ञान निकेतन टिम, लाइसियमका प्रिन्सिपल राजेन्द्र थपलिया, विद्यार्थी, प्रशिक्षक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


शनिबारदेखि भएको उक्त बास्केटबलमा माफमा आवद्ध १२ विद्यालयहरुको सहभागिता रहेको थियो ।

 

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा