
२७ माघ, काठमाडौँ ।
मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेज र हाडिगाउँ धुम्वाराहीमा रहेको धन्यन्तरी फुटसलको संयुक्त आयोजनामा अन्तरकलेज राष्ट्रिय तहको फुटसल टुर्नामेन्ट ‘टेक्सस धन्यन्तरी फुटसल कप’ माघ २७ गते (आज) बाट सुरु भएको छ ।

बिहान ११ बजे सोमबार धन्यन्तरी फुटसलमा उद्घाटन कार्यक्रम गर्दै फुटसल कपको खेलहरु सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा फुटसलका केन्द्रिय संयोजक दावा लामा, टेक्सस एजुकेशन नेटवर्कका सिईओ भेषराज पोखरेल एवं टेक्सस टिम, धन्यन्तरी फुटसलका सञ्चालक मदन कोइराला, विद्यार्थी, कोच तथा खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

फुटसलका केन्द्रिय संयोजक दावा लामाले एन्फा अंकित फुटसल बल टेक्सस एजुकेशन नेटवर्कका सिईओ पोखरेललाई हस्तान्तरण गर्दै फुटसल टुर्नामेन्टको औपचारिक उद्घाटन गरिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै सिईओ पोखरेलले २ दिनसम्म चल्ने टेक्सस धन्यन्तरी फुटसल कपलाई व्यबस्थित रुपमा सम्पन्न गर्न खेलाडीहरुलाई अनुशासित, नैतिकवान भई खेल खेल्न आग्रह गरे ।

१९ टिमको सहभागितामा सञ्चालन गरिएको उक्त ‘टेक्सस धन्यन्तरी फुटसल कप’ मा विजयी हुने प्रथम, द्धितीय र तृतीय हुने टिमलाई एक लाख, पचास हजार र पच्चिस हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने इभेन्ट म्यानेजर प्रविन खड्काले बताए ।



