शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अर्किड कपः आज तेश्रो दिन, पाच स्कूल विजयी


  • आइतबार, माघ २६ २०७६
25.7K
SHARES

२६ माघ, काठमाडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कूलले आयोजना गरेका अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटबल टुर्नामेन्ट ‘पाचौँ अर्किड कप’को आज तेश्रो दिन पाच खेल भएका छन् ।


अर्किडको ग्राउण्डमा भएको आजको पहिलो खेलमा एभरेष्ट वल्र्ड स्कूललाई ०–२ गोल अन्तरले टाइमलाइन स्कूल विजयी भएको छ । एभरेष्ट वल्र्डका अजय पाख्रिन म्यान अफ द म्याच भएका छन् ।


दोश्रो खेलमा कौटिल्य स्कूललाई १–४ गोल अन्तरले प्रितिमा स्कूल विजयी भएको छ । कौटिल्य स्कूलका बिबस श्रेष्ठ म्यान अफ द म्याच भएका छन् ।
तेश्रो खेलमा बेष्ट ग्रुप भिजन स्कूललाई ०–५ गोल अन्तरले न्यू स्टार पुल स्कूल विजयी भएको छ । बेष्ट ग्रुप भिजनका समिर राम्तेल म्यान अफ द म्याच भएका छन् ।


चौथो खेलमा कौत्सुव एकेडेमीलाई ०–२ गोल अन्तरले विनायक सेकेण्डरी स्कूल विजयी भएको छ । कोत्सुवका समिप कार्की म्याम अफ द म्याच भएका छन् ।
यस्तै आज भएको पाचौँ खेलमा ग्लोबल पब्लिक स्कूललाई २–३ गोल अन्तरले गेटवे एकेडेमी विजयी भएको छ । ग्लोबलका आशिस नेपाल म्यान अफ द म्याच भएका छन् ।


म्यान अफ द म्याच भएका खेलाडीलाई ट्रफीद्धारा आइतबार नै पुरस्कृत गरिएको छ ।
९ दिनसम्म चल्ने उक्त प्रतयोगितामा विजयी प्रथम, द्धितीय, तृतीय र चौथो हुने टिमलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–प्रदान गरिने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा