शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अर्किड कप फुटबल भोलिदेखि


  • बिहिबार, माघ २३ २०७६
21.6K
SHARES

२३ माघ, काठमाडौँ ।
अर्किड स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तरविद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा ३६ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिलो हुने टिमले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने अर्किडका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सेभेन ए साइड नकआउट प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । गत संस्करणको उपाधि श्रमशील विद्यापीठले जितेको थियो । सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष भुजेलले जानकारी गराए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा