
१८ माघ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) काठमाडौँ महानगर कमिटीको अयोजनामा प्याब्सन महानगर कप फुटसल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।

प्याब्सन काठमाडौं महानगर कमिटीले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १९ गतेबाट हुने जनाएको हो ।

बौद्धस्थित एरिना फुटसलमा ३ दिनसम्म चल्ने प्रतियोगितामा प्याब्सनसँग आबद्व काठमाडौं महानगर कमिटीका ३२ बिद्यालयले सहभागिता रहनेछ ।

प्रतियोगिता लिग कम, नकआउटका आधारमा हुने कमिटीका वरिष्ठ उपाध्यक्ष एवम विट्स एकेडेमीका प्रिसिपल ज्ञान बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेता प्रथम, द्धितीय र तृतीयलाई क्रमस २० हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, सर्वोकृष्ट खेलाडीलाई जनही २ हजार प्रदान गरिनेछ ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो पुरस्कार आईसीएफसी फाइनान्स र अन्य विधाको पुरस्कार सुलभ बुक हाउसले प्रायोजन गरेको हो ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौं महानगर कमिटीका अध्यक्ष मुरारी प्रकाश संजेल लगायत अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।
खेल तालिकाः
