शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

‘ग्रासरुट फुटबल ट्रेनिङ्ग’को उद्घाटन भोली हुने


  • शुक्रबार, माघ १० २०७६
19.1K
SHARES

१० माघ, काठमाडौँ ।
आधारभूत तहदेखि फुटबल खेलको विकास गर्ने उद्देश्यले काठमाडौँको उत्तरी भेग रहेका विभिन्न विद्यालयहरुको सहभागितामा फुटबल मिशन टुगेदरसंगको सहकार्यमा बूढानीलकण्ठ ग्रासरुट फुटबल काउन्सीलले शनिबार (भोली) देखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु गर्ने भएको छ ।
बूढानीलकण्ठ स्कूलमा भब्य उद्घाटन कार्यक्रमको आयोजना गर्दै माघ ११ गतेबाट ग्रासरुट फुटबल प्रशिक्षण सुरु हुने जनाइएका छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यतामा हुने लागेको उक्त उद्घाटन कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, फुटबल मिशन टुगेदरका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ एवं पदाधिकारी तथा फुटबलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहनेछ ।


आधारभूत तह अन्तर्गत ६ वर्षदेखि १२ वर्ष समुहका बूढानीलकण्ठ नगरपालिकामा रहेका विद्यालयबाट विद्यार्थीहरु प्रशिक्षणमा सहभागि हुन पाउनेछन् । जसको फुटबल खेल विकास लागि भोलीदेखि हरेक शनिबार बूढानीलकण्ठ स्कूलको खेल मैदानमा ग्रासरुट फुटबल प्रशिक्षण हुने आयोजक संस्था बूढानीलकण्ठ ग्रासरुट फुटबल काउन्सीलका अध्यक्ष राधेश्याम श्रेष्ठले बताउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा