
२५ मंसिर, काठमाडौँ ।
चौधौ फेका कप फुटबलको सातौ दिन आज बुधबार तीन खेल भएका छन ।
गत बर्षको उप बिजेता टिम कौस्तुभले न्यु स्टरपोललाइ ४-० ले पराजित गर्दै सेमि फाइनलमा प्रबेश गरेको छ भने जर्सि न ७ का खेलाडी लक्ष्मण गुरुङ म्यान अफ द म्याच भएका छन ।
आजै भएको गोठाटार र कस्मिक बिचको खेलमा कस्मिक ४-२ ले सेमीफाइनलमा प्रबेश गरेको छ भने उक्त टिमका जर्सी न ७ पृन्स पाण्डे म्यान अफ द म्याच भएका छन । यसै गरि हाइलि कृयटिभ र गेटवे बिचको खेलमा गेटवेले २-१ पछि पार्दै सेमिफाइनलमा प्रबेश गरेका छ र सो खेलमा कस्मिकका जर्सी न ८ का खेलाडी पारस काफ्ले म्यान अफ द म्याच भएका छन ।
गत मङ्सिर १९ गते शुरु भएको चौधौ फेका कप फुटबलको भोलिको खेल गेटवे र करियर बिल्डिङ बिच हुने छ त्यस्तै कौस्तुभ र न्यु स्टारपोल आमने सामने हुनेछन भने कस्मिक र कौस्तुभ स्कुल बिचमा खेल हुने उक्त खेलका सयोजक किरण न्यौपानेले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।