
१८ मंसिर, काठमाडौँ ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, टुपेक चुनिखेल र सुन्दरवस्तीमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्नो छैठौँ वार्षिकोत्सव मनाएको छ ।

मंसिर १५ गते आइतबार आफ्नै कार्यालय सुन्दरबस्तीमा वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा सञ्चालक समितीका पदाधिकारी, कर्मचारी, शेयर सदस्य, सधारण सदस्य, स्थानिय व्याबसायी, जनप्रतिनिधि एवं सहकारीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

वार्षिक उत्सवमा बोल्दै टुपेक कृषि सहकारी संस्थाकी अध्यक्ष सकिना श्रेष्ठले शेयर सदस्यहरुलाई दार्जिलिङ्ग र सिक्किम भ्रमण, ५ लाखसम्मको दुर्घटना विमा प्रदान गरिएको जानकारी दिएकी थिइन् ।

वार्षिक उत्सवको अवसरमा टुपेकले दिएको सुविधाअन्तर्गत कार्यरत कर्मचारीले पचास हजार रुपैयाको शेयर खरिद गरेका छन् भने सोही दिन शेयर प्रमाण–पत्र प्रदान गरिएको टुपेक कृषि सहकारी संस्थाका प्रवक्त सुवास श्रेष्ठले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।