शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चौथो माफ बास्केटबल टुर्नामेन्ट सुरु


  • सोमबार, मंसिर १९ २०७९
15.9K
SHARES

काठमाडौँ । निजी विद्यालयहरूको छाता सङ्गठन माफले आइतबारेदेखि ‘चौथो माफ बास्केटबल टुर्नामेन्ट–२०७९’ सुरु गरेको छ । ज्ञान निकेतन सेकेन्डरी स्कुल, शंखमुल, नयाँ बानेश्वर आयोजक रहेको उक्त प्रतियोगिताको उद्घाटन माफका अध्यक्ष प्रज्वल कोइराला, माफका अतिरिक्त क्रियाकलाप इन्चार्ज रेगन सिंह तथा ज्ञान निकेतन स्कुलका सिइओ विश्वजित कुँवरले संयुक्त रूपमा रेफ्रीलाई बल हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा माफका अध्यक्ष प्रज्वल कोइरालाले १६ माफ सदस्य विद्यालयका सम्पूर्ण सहभागी टिमहरूलाई विजयका लागि शुभकामना दिनुभएको थियो। कार्यक्रममा ज्ञान निकेतन स्कुलका छात्राहरूले नृत्य प्रस्तुत गरेका थिए। उक्त उद्घाटन कार्यक्रममा माफ सदस्य विद्यालयका प्रिन्सिपल तथा डाइरेक्टरहरूको उपस्थिति रहेको थियो ।

पहिलो दिन भएका लिग खेलहरूमा सिनियर ब्वाइज तर्फ एड्भान्स्डले क्याम्ब्रिज लाई २२–८ ले, शाम्भवीले लाइसियमलाई २०–१० ले, नोबेलले इलिक्सरलाई १७–०२ ले, जगत मन्दिरले प्रस्फुटनलाई २२–०५ ले, ज्ञान निकेतनले व्हिज किड्जलाई २८–१० ले, रिभेराले नेपाल मेगालाई २३–१३ ले, पिस पोइन्टले न्यु अरुणोदयलाई १७–१२ ले पछि पार्दै विजय प्राप्त गरेका थिए।

त्यसै गरी, सिनियर गर्ल्स तर्फ शाम्भवीले एड्भान्स्डलाई २२–०४ ले, पिस पोइन्टले लाइसियमलाइ ०८–०३ ले, व्हिज किड्जले बेबिलोनलाई १०–०४ ले र रिभेराले नेपाल मेगालाई ०४–०२ ले पछि पार्दै विजय प्राप्त गरेका थिए ।

त्यसै गरी, जुनियर ब्वाइजतर्फ लाइसियमले नोबेललाई १०–०२ ले, ज्ञान निकेतनले जगत मन्दिरलाई ०७ – ०३ ले पछि पर्दै विजय हासिल गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा