शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सनराइज बैंकको नयाँ योजना


  • मंगलबार, असोज ७ २०७६
20.1K
SHARES

सनराईज बैंकले सनराइज क्यापिटलको व्यवस्थापनमा संचालनमा आएको ‘सनराइज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने जनाएको छ। बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज ८ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई युनिट सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको जानकारी गराएको हो।

सेयर बजारमा लगानी गर्ने सही समयमा फन्ड संचालन गर्न लागिएकाले सो फण्डले उचित प्रतिफल दिने सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले दावी गरे। बैंकले सेयर बजार नघटने निष्कर्ष निकाल्दै लगानीकर्तालाई सो फण्डबाट वार्षिक २४ प्रतिशत प्रतिफल र औंसत वार्षिक १४ प्रतिशत लाभांश दिने प्रक्षेपण पनि गरेको छ।

सनराईज फण्डले कूल निष्काशन गर्न लागेको १० करोड ईकाइमध्ये १५ प्रतिशत ९१ करोड ५० लाख प्रवर्द्धक सनराईज बैंकलाई सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणका लागि बिक्री गर्न लागिएको पनि सनराईज क्यापिटलले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा