आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको कारोबार मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा आइपुगेको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ थियो । वैशाख ५ गते तोलामा १ लाख २ हजार ५०० कायम भएको सुनको मूल्य लगातार घटिरहेको छ ।
यसअवधिमा सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँको गिरावट आइसकेको छ । यस्तै, वैशाख ५ गते १४ सय २० रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य पनि १३० रुपैयाँ घटेर १२ सय ९० रुपैयाँमा आइपुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।