१९ भदौ, काठमाडौँ ।
बृ्ढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेशनल युनाइटेड स्कुलमा यहि भाद्र १८ गते सुरु भएको चौथो चार दिवशीय गोजु–काई कराँते टेक्निकल सेमिनार आज दोश्रो दिन नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सुचारु रहेको छ ।
वरिष्ठ जापानी प्रशिक्षकद्वय आई.के.जी.ए. एसिया ब्लकका डेपुटी ब्लक डाइरेक्टर हिडेकी वाकासुकी र नाउतो सुगीउराज्युहरूद्वारा प्रशिक्षण दिइने उक्त सेमिनारको दोस्रो दिन नेपाल गोजु–काई कराँते डो संघ अन्तर्गतका ब्ल्याक बेल्ट तथा सो भन्दा माथिका खेलाडीहरूलाई प्रशिक्षण दिइएको थियो ।
आगामी सेमिनार एक दिन सोही प्रतिष्ठानमा र एक दिन पोखरामा गरि सम्पन्न हुनेछ ।
यसैबिच काठमाडौँ महानगरपालिका वडा नम्वर ३, बाँसबारीमा रहेको द चाँदबाग स्कुलले आयोजना गरेको उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता आज सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तथा खुल्ला एवम् महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५ र ५० केजी तथा खुल्ला समुह र दुवै तर्फ एकल काता गरी उपत्यकाका विभिन्न विद्यालय तथा डोजोका खेलाडीहरूले १९ स्वर्ण, १९ रजत तथा ३८ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । सम्पन्न स्पर्धाहरुमा प्रथम, द्वितीय र तृतीय सफल टिमहरुलाई ट्रफी प्रदान गरिएको थियो ।
पुरुषतर्फ चिल्ड्रेन्स मोडेल स्कुलका खेलाडी पुजन तामाङ्ग तथा महिलातर्फ इमानुएल डोजोकी खेलाडी एन्जल गुरुङ्ग उत्कृष्ट खेलाडी घोषित भई ट्रफी प्राप्त गर्न सफल भए ।
नेपाल गोजु–काई कराँते-डो संघको अग्रसरतामा आयोजित टेक्निकल सेमिनार तथा प्रतियोगितामा छिमेकी मित्र राष्ट्र भारतबाट समेत सहभागिता रहेको छ । यसरी सञ्चालित टेक्निकल सेमिनार तथा गोजु–काई कराँते प्रतियोगिताबाट सन् २०१९ सेप्टेम्बर २१ देखि अक्टोबर ०१ सम्म फिलिपिन्सको सिबुमा आयोजना हुन गइरहेको सातौँ एसिफिक गोजु—काई कराते प्रतियोगिता र टेक्निकल सेमिनार (The 7th Karate Do Goju-Kai Asific Championship and Technical Seminar 2019) मा नेपालको तर्फबाट सहभागी हुने खेलाडीहरू मनिृष तामाङ्ग र अनुरती कार्की छनोट हुन सफल भएको नेपाल गोजु—काई कराते डो संघका अध्यक्ष अशुराज श्रेष्ठले जानकारी गराउनु भयो ।
सोही सेमिनार तथा प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेपाल गोजु-काई कराँते डो संघका उपाध्यक्ष अच्युत राज उप्रेती, वरिष्ठ जापानी प्रशिक्षक र द चाँदबाग स्कूलकी प्रिन्सिपल निरा प्रधानसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।