माओवादीले पोस्टरमा प्रयोग गरेको कुलमानको फोटो उनलाई नसोधि राखेको खुलेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई जानकारी नगराई नेकपा माओवादी केन्द्रले चुनावी पोस्टरमा आफ्नो फोटो प्रयोग गरेको बताएका छन् ।
उनले पोस्टरबाट तत्काल आफ्नो फोटो हटाउन माओवादी केन्द्रलाई आग्रह गरेको जानकारी दिए । मलाई थाहा नै थिएन । मिडियाबाट थाहा पाएँ । फोटो हटाइदिन भनिसकेको छु,” उनले भनेका छन् ।
आफूलाई सोध्दै नसोधी आफ्नो फोटो प्रयोग गरिएको उनले बताए । पार्टीको प्रचार गर्न प्रकाशित एउटा पोस्टरमा घिसिङको तस्बिर समेत समावेश गरिएको छ । पोस्टरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन शर्मासँगै घिसिङको तस्बिर प्रयोग गरिएको हो ।
माओवादीले चुनावी पोस्टरमा कुलमानको फोटो प्रयोग गरेपछि सामाजिक सञ्जालमा माओवादी केन्द्रको विरोध भएको थियो । सामाजिक सञ्जालमा माओवादी पार्टीले कुलमानको पोस्टर प्रयोग गरेको भन्दै विरोध भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।