शनिबार, साउन ९ २०८३
ताजा अपडेट

८ महिनामा भित्रियो ६ खर्ब ३१ अर्ब रेमिट्यान्स


  • मंगलबार, चैत्र २९ २०७८
12.4K
SHARES

फाइल तस्बिर

रेमिट्यान्स भित्रने क्रममा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्म ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले कमी हो ।

अघिल्लो महिना माघसम्म भने विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेर ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातार रेमिट्यान्स घट्ने क्रममा देखिएको थियो । ८ महिनासम्म आइपुग्दा भने रेमिट्यान्स बढ्ने संकेत देखिएको छ । यही अवस्थामा रेमिट्यान्स भित्रने क्रम रहने हो भने चैत महिनामा रेमिट्यान्स थप बढ्ने देखिने छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो । यस अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई रु.७०४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा