आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

नेप्सेमा ४४ अंकको पहिरो, कारोबार सवा २ अर्बमात्रै


  • सोमबार, चैत्र २८ २०७८
7.6K
SHARES

फाइल तस्विर

साताको पहिलो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.६४ अंकले घटेको छ । २४१९.७१ बिन्दुमा झरेको बजारमा आज ५० लाख ९५ हजार ३४ कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२ रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेको सबै समूहका उपसूचक नकारात्मक देखिएका छन् । जीवनबीमा र अन्य समूहको शेयर मूल्यमा सबैभन्दा धेरै प्रतिशत गिरावट भएको छ । इमर्जिङ नेपाल लिमिटेडका शेयरधनीले प्रतिकित्ता शेयरमा आज ९.९८ प्रतिशत अर्थात् १११ रुपैयाँ गुमाएका छन् ।

यस्तै, राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पनि ९.९२ प्रतिशत अर्थात १५१ रुपैयाँ ९० पैसा गुमाएका छन् ।

आज नेष्डो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले भने सबैभन्दा धेरै कमाएका छन् । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्तामा १७० रुपैयाँ बढेको हो । जाल्पा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पनि आज पूँजीबजारबाट ९.९९ प्रतिशत थप कमाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा