आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

साताको अन्तिम दिन नेप्से ३५ अंकले वृद्धि


  • बिहिबार, चैत्र २४ २०७८
9K
SHARES

फाईल तस्बिर

केही दिनदेखि निरन्तर ओरालो लागेको नेप्से आज (बिहिबार) को कारोबारमा भने दोहोरो अंकले सुधारिएकोछ ।
साताको अन्तिम दिन नेप्से ३५ अंकले वृद्धि भएर २४ सय ६४ अंकमा बन्द भएकोछ ।

कारोबार रकम पनि सुधारिएर आज २ सय २४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख रुपैयाँ बराबरको ५४ लाख ४४ हजार कित्ता शेयरको खरीद बिक्री भएकोछ । बिहिबारको कारोबारमा आएका सबै समूहमा हरियाली छाएकोछ ।

बिहिबार सबै भन्दा धेरै अन्य समूहको परिसुचक ३ अंकले वृद्धि हुँदा व्यापार समूहमा २ अंकले सुुधारिएकोछ । बिहिबार बाणिज्य बैंक, विकास बैंक, वित्त, होटल तथा टुरिजम, जलविद्युत लगायतका समूह १ प्रतिशत भन्दा बढीले बृद्धि भएकोछ ।

बिहिबारको कारोबारमा हिमालयन पावर पार्टनर र नेष्ठो समृद्धि लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेकोछ भने नेपाल दुरसञ्चार, एक्सल डेभलपमेन्ट बैंकका लिमिटेडका लगानीकर्ताले पनि ५ प्रतिशतभन्दा धेरैले कमाएका छन् ।

बिहिबार राष्ट्र उथ्थान लघुवित्त वित्तिय संस्था, इमर्जिङ् नेपाल लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमको आधारमा बिहिबारको कारोबारमा नविल बैंक लिमिटेडको ७ करोड माथिको कारोबार भएकोछ भने दाेस्रो र तेस्रो स्थानमा प्राइम कमर्सियल बैंक र हिमालयन डिष्ट्रीलरी लिमिटेड रहेकोछ जसको ६ करोड माथिको करोड माथिको कारोबार भएको स्टकले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा