शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री


  • बिहिबार, चैत्र २४ २०७८
20.1K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्। गैरसांसद रहेका बन्दीलाई कानुन मन्त्री बनाउन सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ। बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपति कार्यलयले जनाएको छ ।

संविधान अनुसार, बन्दी अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् । संविधानमा सभासद् नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ। गैह्र सांसद मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्यता नलिए मन्त्री पद स्वत: खारेज हुन्छ। हाल कानुनमन्त्री रहेका दिलेन्द्र बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने देउवाको तयारी छ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा