शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जनतामारा सरकार : १०८ मा किनेको पेट्रोल १६० मा बेच्छ अनि अझै घाटा छ भन्छ !


  • बिहिबार, चैत्र २४ २०७८
11K
SHARES

फाइल तस्विर

पेट्रोलियम पदार्थको मूल्य बढेको बढै छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए सँगै नेपाली जनता मारमा छन् । हुनत विश्वव्यापी रूपमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । तर नेपालमा आफूले किन्ने मूल्य १०८ रुपैयाँ हुँदा जनतालाई बेच्ने मूल्य १६० हुँदा समेत आयल निगम सधैँ घाटा भएको बताई रहन्छ ।

नेपाल आयल निगमले मंगलबाररातिदेखि लागू हुने गरेर पेट्रोलको भाउ लिटरको १६० पुर्‍यायो भने मट्टीतेल र डिजलको १ सय ४३ पुर्‍यायो ।

निगमले १६० मा बेच्ने पेट्रोल  उसले भारतीय आयल निगमसँगबाट १०८ रुपैयाँ ६५ पैसामा किनेको छ । त्यो पेट्रोल १६० मा बेच्दा पनि प्रतिलिटर २२ रुपैयाँ ९८ पैसा घाटा रहेको निगमको दाबी छ ।

निगमका अनुसार पेट्रोल उपभोक्तासम्म पुर्‍याउँदा लागत १८२ रुपैयाँ ९८ पैसा पर्छ । जसमा सरकारले लिने ६० रुपैयाँ ६३ पैसा कर जोडिन्छ ।

यस्तै डिजेल ११८ र मट्टीतेल १११ रुपैयाँमा किने पनि त्यो इन्धन नेपाल भित्र्याउने वित्तिकै त्यसको लागत बढ्छ ।

भारतीय आयल निगमबाट प्रतिलिटर ११८ रुपैयाँमा किनेको डिजेलमा सरकारले ४३ रुपैयाँ ४१ पैसा कर उठाउँछ । १०८ रुपैयाँ ६५ पैसामा किनेको पेट्रोलमा ६० रुपैयाँ ६३ पैसा कर लाग्छ भने १११ रुपैयाँमा किनेको मटितेलमा १३ रुपैयाँ ४६ पैसा कर लाग्छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढ्दा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ र खाना पकाउने ग्याँसको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । तर पनि आयल निगमलाई घाटा छ ।

पूर्ण सरकारी स्वमित्वको निगमको घाटा चुलिंदै गएको बहानामा उपभोक्तामाथि लगातार मूल्य वृद्धि थोपरी रहँदा सरकारले भने आफ्नो ढुकुटीमै प्राप्त हुने उपभोक्ताबाट लिने पेट्रोलियमको पदार्थको कर घटाउन चासो दिएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा