सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर शुक्रबार एक लाख ९०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० छ। यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार ८०० थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ। पछिल्लो समय रुस युक्रेन युद्धको प्रभावले सुनको मूल्यमा अत्यधिक रूपमा बढेको छ । पछिल्लो समय नेपालमा पनि सुन मुल्य दिनानुदिन बढ्दै गएको छ।
सुनको मूल्य बढ्दै गएपछि गरगहनाको व्यापार समेत कम भएको सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । पछिल्ला दिनमा एक तोला सुनको मुल्य नै एक लाख भन्दा माथि पर्ने गर्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।