सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

रुस–युक्रेन युद्धका बीच उत्तर कोरियाली तानाशाह किम पनि उत्रिए मैदानमा !


  • बिहिबार, चैत्र १० २०७८
20.8K
SHARES

फाइल तस्विर

बिबिसी – उत्तर कोरियाले एउटा प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र (आईसीबीएम) को परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ। सन् २०१७ यता पहिलो पटक उसले ईसीबीएमको परीक्षण गरेको हो।

एक घण्टाभन्दा बढी समय उडेको क्षेप्यास्त्र जापानदेखि दक्षिणतर्फ पानीमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्रले अनुमानित १,१०० किलोमिटर टाढासम्म मार हान्न सक्छ जसको अर्थ हो सैद्धान्तिक रूपमा त्यो क्षेप्यास्त्र अमेरिकासम्म पुग्न सक्छ।

उत्तर कोरियाले पछिल्ला साताहरूमा एकपछि अर्को क्षेप्यास्त्रको प्रक्षेपण गरेको छ। तीमध्ये केही प्रक्षेपण आईसीबीएम प्रणालीको परीक्षणको रूपमा रहेको दक्षिण कोरिया र अमेरिकाले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्र तथा परमाणुअस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ। यसअघि उत्तर कोरियाले गरेका त्यस्ता परीक्षणलाई लिएर राष्ट्रसङ्घले उसमाथि प्रतिबन्धहरू पनि लगाएको छ।

याे पनि पढ्नुहाेस्:

रुसले कहिले हान्छ परमाणु हतियार ? विश्वभर त्रास बढिरहेका बेला पुटिनले बल्ल दिए स्पष्ट जवाफ !

बिबिसी । विश्वभर परमाणु युद्धको त्रास बढिरहेका रुसले स्पष्ट रुपमा यसबारे जवाफ दिएको छ । युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग गर्ने बताएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् । मंगलबार समाचार च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको लडाइमा परमाणु हतियार प्रयोगको सम्भावनालाई इन्कार गरेनन् ।

अन्तरवार्ताको क्रममा परमाणु हतियारबारे सोधिएको एक प्रश्नमा उनले भने, ‘देशको सुरक्षाका लागि हाम्रो अवधारणा सबैलाई जानकारी नै छ । हाम्रो देशसामु जीवन–मरणको स्थिति पैदा भयो भने आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं ।’

यसअघि रुसी राष्ट्रपति पुटिनले परमाणु हतियारहरुलाईसमेत तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । यद्यपि अमेरिकालाई डर देखाउन मात्र रुसले परमाणु हतियारको कुरा गरेको भनेर पनि समाचारहरु सार्वजनिक भएका थिए ।

त्यसैगरी पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको सङ्केतको रूपमा पनि त्यसलाई हेरिएको थियो। विज्ञहरूले पुटिनका प्रवक्ताको पछिल्लो भनाइलाई रुसको पारमाणविक नीतिमा आएको परिवर्तनको रूपमा अर्थ्याउन नहुने बताएका छन्।

“परमाणुअस्त्र प्रयोगसम्बन्धी लामो समयदेखिको उनीहरूको नीतिबारे यो पुनर्अभिव्यक्ति हो, कुनै नयाँ कुरा होइन,“आईसेक पार्टनर्स एन्ड एनजीसी सेक्यूरका पूर्वप्रमुख सुरक्षा सल्लाहकार म्याट टेटले ट्वीट गरेका छन्।

“मलाई गलत नठान्नुहोला, आफ्ना परमाणुअस्त्रलाई लिई अमेरिकाले चिन्ता गरेको देखेर उनीहरू आनन्द मान्छन्। तर पेस्कोफको अभिव्यक्ति उनीहरूको नीतिमा परिवर्तन आएको सङ्केत होइन,“ उनले थपेका छन्।

सन् २०१८ को एउटा वृत्तचित्रमा पुटिनले भनेका थिएः “‘कसैले रुसलाई नष्ट गर्ने सोचेमा प्रतिकार गर्ने हामीसँग कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ। ‘तर म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसविनाको विश्व किन चाहियो?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा