पछिल्लो समय ह्वात्तै बढेर लाख रुपयाँ तोला भन्दा बढी मूल्य पर्न थालेको सुन आज पनि बढ्को छ । रुस युक्रेन युद्धको असर सुनमा समेत परेको बताइँदै आइएको छ । सुनको मूल्य आकासिए सँगै सर्वसाधारणलाई बिहा वारी उतार्न हम्मे हम्मे पर्ने भएको छ । नेपाली चलन अनुसार बिहामा सुनका गर गहन लिने दिने चलन रहँदै आएको छ ।
आज साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ११ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदी व्यवसायी सङ्घले अझै सुन बढ्न सक्ने बताउँदै आएको छ। आगामी दिनमा अझै सुनको मूल्य आकासिने निश्चित छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।