दुईदिन उकालो लागेको सेयर बजार बुधबार फेरि ओरालो लागेको छ। आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २०.३४ अंकले घटेर सूचक २६३०.३६ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि २ अर्बमा सिमित भयो। आज २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता सेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा खरिदबिक्री भयो।
बजार दोहोरो अंकले घटेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राष्ट्र उत्थान लघुवित्तीय संस्था र इमर्जिङ नेपालको सेयर १० प्रतिशतले बढेको हो।
मंगलबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको थियो। सो दिन २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता सेयर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँमा खरिदबिक्री भएको थियो। सोमबार २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँमा खरिदबिक्री भएको थियो।
कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घटेको हो। वित्त समूहको सर्वाधिक १.५५ प्रतिशतले सूचक घट्यो। मनु एन्ड प्रोको १.२१, जलविद्युतको १.१६, विकास बैंकको १.११ प्रतिशतले सूचक घट्दा लगानी समूहको ०.९१, जीवन विमाको ०.८६, होटल तथा पर्यटनको ०.६२ र बैंकिङको ०.५४ प्रतिशतले घटेको छ।
व्यापार र सामूहिक लगानी कोषको सेयर क्रमश ०.५४ र ०.२५ प्रतिशतले घट्यो। एनआईसी एसिया बैंक ८ करोड ४१ लाख ९४ हजार ६३९ रुपैयाँमा सेयर कारोबार गरी अग्रस्थानमा रह्यो। जीवन विकास लघुवित्त ८ करोड ४० लाख २३ हजार ३३६ रुपैयाँमा सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।