नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार ३७० मा कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।
पछिल्लो समय रुस युक्रेन युद्धको प्रभवले पेट्रोलियम पदार्थको मूल्य बढेसङै सुनको मूल्य समेत आकासिँदो रहेको छ । सुनको मूल्यले आकाश छुन थालेपछि सर्बसाधारण लाई बिहेमा सुन किन्न हम्मे हम्मे परेको छ । नेपाली संस्कार अनुसार बिहे गर्दा सुनका गरगहना लिने दिने चलन छ । यसले सामान्य मान्छेको अर्थतन्त्रलाई धारसाइ बनाउने निश्चित छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।