शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘एसईई डान्स च्याम्पियनसिप’ सिजन ३ हुँदै, कसरी सहभागी बन्ने ?


  • शुक्रबार, चैत्र ४ २०७८
17.5K
SHARES

फाइल तस्विर

काठमाडौँ: हरेक वर्ष आयोजना हुँदै आएको ‘एसईई डान्स च्याम्पियनसिप’को नयाँ सिजन हुने भएको छ ।

कपन, नारायण चोकमा रहेको बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी प्रा.ली.को आयोजना यस वर्ष पनि उक्त ‘एसईई डान्स च्याम्पियनसिप’ हुने भएको हो ।

‘राष्ट्रको लागि नाच, स्वास्थ्यका लागि नाच’ भन्ने मूल नारा सहित आयोजना हुने उक्त ‘डान्स च्याम्पियनसिप’ एसईई परीक्षा दिएका विद्यार्थीहरू बिच हुने नृत्य रियालिटी सो हो ।

कुनै उमेर समूह भन्ने छैन मात्र यस वर्ष एसईई दिने विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ आयोजक संस्थाका अध्यक्ष महेश गोदारले बताए ।

एसईई परीक्षा सम्पन्न भएको केही दिनमै फर्म खोल्छौ । त्यसपछि नृत्य क्षेत्रमा आफ्ना सम्भावना खोजिरहेका विद्यार्थीहरू सहभागी हुन सक्नुहुनेछ । परीक्षा पश्चताको खाली समयको सदुपयोग तथा नृत्य क्षेत्रमा विद्यार्थीहरूलाई अवसर दिने उद्देश्य सहित ‘डान्स च्याम्पियनसिप’ को आयोजना हुँदै छ, अध्यक्ष गोदारले भने ।

सहभागी हुन बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीबाट आवेदन लिन सकिनेछ ।

उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगद सहित कलेज अध्ययनका लागि पूर्ण छात्रवृत्ति, ट्रफी, मेडलद्वारा पुरस्कृत गरिनेछ ।

कोरोना कहरका कारण विगत २ वर्षदेखि कार्यक्रम आयोजन हुन सकेन । तर पनि विद्यार्थीहरूलाई अन्य माध्यमबाट हामीले जोडिई नै रह्यौ । यस वर्षबाट भौतिक रूपमै प्रतियोगिता हुने छ । केही परिमार्जित गरेका छौँ । विद्यार्थीहरूको आवेदन पश्चात् अडिसन लिन्छौँ । त्यस पछि छनोट भएका विद्यार्थीहरूलाई क्लोज क्याम्प राखेर थप प्रशिक्षण दिन्छौँ । र सो पश्चात् राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण सहित प्रतियोगिताको फाइनल हुने आयोजक संस्थाले जनाएको छ ।

गोदार भन्छन्, ‘कला, संस्कृति देशका पहिचान हुन । एउटा कलाकारले देशको पहिचान बोक्ने गर्दछ । नृत्य मनोरञ्जनको साधन मात्र नभई सिप सहितको शिक्षा हो भन्ने सर्वव्यापी मान्यता भएता पनि हाम्रो देशको सन्दर्भमा यो मान्यता स्थापित नभई सकेको अवस्था छ । हामीले उक्त मान्यतालाई स्थापित गराउने उद्देश्य सहित एसईई डान्स च्याम्पियनसिप दुई सिजन सम्पन्न गरी ४६ जना उत्कृष्ट प्रतियोगी विद्यार्थी भाईबहिनीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेका छौँ । यस कार्यक्रमले एसईई का विद्यार्थीहरूलाई ठुलो मञ्च र अवसर प्रदान गर्ने हुँदा विद्यार्थी भाइ बहिनीहरू माझ धेरै ऊर्जा थप्नको निमित्त र अभिभावक, समाजमा नृत्य शिक्षा स्थापित गर्नका निमित्त यस एसईई डान्स च्याम्पियनसिप सिजन ३ कार्यक्रमले ठुलो भूमिका खेल्ने छ भन्ने कुरामा विश्वस्त रही सिजन ३ आयोजना गर्न लागिरहेका छौँ ।’

महेश गोदार विगत ३ दशकदेखि नृत्य क्षेत्रमा क्रियाशील छन् । चर्चित रियालिटी सो छमछमीका निर्णायक तथा चलचित्र, म्युजिक भिडियोका नृत्य निर्देशक समेत हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा