आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड : सुन तोलाको एक लाख पाँच हजार ५००


  • बुधबार, फाल्गुन २५ २०७८
10.4K
SHARES

फाइल तस्विर

सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार तोलामा दुई हजार ५०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि २०७७ साउन २५ गते छापावाल सुनको मूल्य तोलाको एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो ।

यस्तै, बुधबार तेजावी सुन पनि तोलाको दुई हजार ५०० रुपैयाँले बढेर एक लाख पाँच हजारमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी यसअघि २०७७ साउन २७ गते एक हजार ४३५ रुपैयाँसम्म पुगेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा