विश्वव्यापी कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६.२० अमेरिकी डलर पुगेको छ ।
एक साताअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ९२ अमेरिकी डलर आसपासमा बिक्री भइरहेको थियो । आज एकै दिन कच्चा तेलको मूल्य ३.२७ प्रतिशतले उकालो लागेको छ ।
रुस र युक्रेनबीच जारी युद्धको प्रभाव कच्चा पेट्रोलियम तेलमा परेको छ । विश्वको दोस्रो ठूलो निर्यातकर्ता मुलुक रुस छिमेकी युक्रेनसँगको युद्धमा फस्दा तेलको मूल्यले निरन्तर उचाई हासिल गरेको हो ।
रुसले युक्रेनमा हमला सुरू गरेपछि विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य उचालिएको हो । यस्तै, आज प्राकृतिक ग्यासको मुल्य प्रतिब्यारेल ४.८७ रुपैयाँ पुगेको छ । यसबोहक सबै प्रकारका कच्चा तेलको मूल्य बढेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।