साताको पहिलो दिन आइतबार झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६ सय ५३ दशमलव ७० अंकमा झरेको हो ।
समग्र कारोबार मापन गर्ने नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले घटेको छ । कारोबार रकममा पनि आइतबार उल्लास देखिएन । दिनभर भएका ४९ हजार ६ सय ७० कारोबारबाट २२४ कम्पनीका ७० लाख ४० हजार ५६३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ भएको छ ।
बजार घटेपनि हाइड्रोपावर कम्पनीहरु र अन्य समूहमा रहेका केही कम्पनीहरुको सेयर मूल्य भने राम्रै बढेको छ । धेरै बढ्नेमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको सेयर पहिलो नम्बर देखिएको छ । यस कम्पनीको सेयर मूल्य २० रुपैयाँ १० पैसाले बढेको छ ।
यसैगरी नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १५ रुपैयाँ ८६ पैसाले बढेर ३ सय ६६ रुपैयाँ पुगेको छ । यसबाहेक चिलिमे, बरुण, आरएचपीएल, एचपीपीएल लगायतका कम्प्नीहरुको सेयर मूल्य भने राम्रै बढेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।