पछिल्लो समय एमसीसी प्रकरणले मुलुक तातेको छ । एमसीसी प्रकरणमा सत्ता गठबन्धन भित्रका दुई प्रमुख घटक समाजवादी र माओवादी विपक्षमा देखिए पछि प्रधानमन्त्री तथा काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा प्रमुख बिपक्ष दल एमाले सँग नजिकिँदै गएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी दलका अध्यक्ष माधव कुमार नेपाल एमसीसी पक्षमा नलग्ने बताएसँगै सत्ता गठबन्धन टुट्ने देखिएको छ ।
प्रचण्ड र माधव नेपाल सत्तामा रहिरहने मानसिकतामा रहेपनि एमसीसीकै कारण सत्ता भत्किने देखिएको हो । जनतामा आफ्नो पकड खस्केको बुझेका प्रचण्ड गठबन्धनलाई निरन्तरता दिन चाहान्छन तर एमसीसी प्रकरणकै कारण उनको राजनीति ओरालो लग्ने देखिएको राजनीतिका जनकारहरू बताउँदै आएका छन् । एमालेबाट अलग भएर बनेको समाजवादी दल पनि सत्ताबाट निस्किएर चुनावमा जाँदा कमजोर हुने देखिन्छ ।
एमसीसी प्रकरणमा पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमाले र सत्ताको नेतृत्वकर्ता काँग्रेसको पटक-पटक भएका छलफलले सत्ता गठबन्धन टुट्ने लगभग पक्का भएको छ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल आज साझ भएको छ । छलफल सकारत्मक समेत भएको बताईए संगै समाजवादी र माओवादीले सत्ताबाट हात धुनु पर्ने अबस्था अउन सक्ने आंकलन भएका छन् ।
बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदमा एमालेले जारी राखेको अवरोध खुलाउने र अमेरिकी सहयोग परियेजना एमसीसी पारित गर्ने विषयमा छलफल भएको कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए संगै ओली र देउवाको निकटता भएको प्रष्ट बुझ्न सकिन्छ ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न एमालेको साथ मागेका थिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जे मुद्दा उठाएर संसद अवरोध गरेको छ, त्यो विषय संबोधन नभएकाले संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने बताएका मन्त्री कार्कीले बताए ।
यद्यपि संसदलाई प्रभावकारी बनाउने विषयमा निरन्तर छलफल गर्ने सहमति भएको उनले बताए । बैठकमा सहभागी स्रोतका अनुसार एमाले र कांग्रेसबीचको छलफल सकारात्मक छ ।
एमाले अध्यक्ष ओली र देउवा नजिकिँदै गए सँगै गठबन्धन टुट्ने र एमाले काँग्रेस मिलेर एमसीसी पास गर्ने सङ्केत देखिन थालेको जानकारहरू बताउँछन् । एमसीसी प्रकरणले माधव नेपाल र प्रचण्डको राजनीतिलाई खराब स्थानमा पुर्याउने समेत आङ्कलन बाजी हुन थालेका छन् ।