शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसिसीविरूद्ध प्रदर्शन: पानीको फोहरा र अश्रुग्यास प्रहार


  • बिहिबार, फाल्गुन १२ २०७८
12.7K
SHARES

फाइल तस्विर

एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले बनाएको सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो।

त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्। भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हानेको हो।

त्यस्तै अश्रु ग्यास पनि प्रहार गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसिसीबारे छलफल हुने कार्यसूची तय थियो।

एमसिसीबारे छलफल हुनेभएपछि संसद भवन बाहिर एमसिसीको विरोधमा प्रदर्शनकारीहरू भेला भएका हुन्। तर संसद बैठक भोलि सम्मको लागि स्थगित भएको छ।

संसद भवन केन्द्रित प्रदर्शनलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको छ । त्यहाँ प्रहरीले सडक बन्द ब्यारिकेड राखेको छ । तर प्रदर्शनकारीको संख्या उल्लेख्य छ र उनीहरु संसद भवनतर्फ अघि बढ्न खोज्दैछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा